Menu Close

वीरसिक्का (कथा शृङ्खला)

  • भुँडीपुराण प्रकाशनको “वीरसिक्का” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको कथा शृङ्‌खला हो ।
  • ‘वीरसिक्का’ उपन्यास कृतिका मूल सर्जक श्री हरिहर शर्मा लामिछाने र श्री शिवदत्त शर्मा हुन् । उक्त कृति बजारमा उपलब्ध छैन । आजभन्दा १२७ वर्ष अगाडि लेखिएको कृतिलाई सरलीकरण गरेर ४७ अङ्‌कमा पुनर्कथन गरिएको छ । यसलाई नयाँ बान्कीमा प्रस्तुत गरेर डा. गणेशराज अधिकारीले साहित्यानुरागी पाठकहरूलाई ठुलो गुन लगाउनु भएको छ । शौर्य, वीरता, पराक्रम, साहस, नीति, धर्म, राजनीति, रोमान्स कपटनीति एवम् प्रेमका रोचक र घत लाग्दा कथाहरूको सँगालो ‘वीरसिक्का’का कथाहरू प्रकाशित भएको छ ।