भुँडीपुराण प्रकाशनको “गरिमा” विष्णा विरहीद्वारा तयार पारिएको उपन्यास हो ।
लेखकका शब्दमा, “मैले यो उपन्यास यस्तै लेख्छु भनेर लेखेको त हैन । तर, लेख्दै जाँदा आफूले देखेका र भोगेका अनुभूतिहरूले लेखाउँदै गयो । अलिकति फिल्मी पाराले गयो कि जस्तो पनि लागेको छ । मेरो भावना र शब्द-शैलीले पाठक वर्गको मन छुन सक्यो भने मात्र मेरो कार्य सफल भएको मान्नेछु । आशा छ, आफ्नो प्रतिक्रिया र सल्लाह-सुझाव दिएर मलाई प्रोत्साहित गर्नुहुनेछ ।”