Menu Close

हाम्रो पत्रकारिताको हाते पुस्तक

  • भुँडीपुराण प्रकाशनको “हाम्रो पत्रकारिताको हाते पुस्तक” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • प्रस्तुत विषयक पुस्तक आठ अध्यायहरूमा विभाजित छ । यस पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकार जस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ । सम्पादन कार्यको गहन विषयलाई उठान गरेर व्याख्या र विश्लेषण समेत गरिएको छ ।
  • पत्रकारिता के हो त ? जान्न खोजिरहेका, भर्खरै प्रवेश गरेका र पत्रकारितालाई पेसा बनाइरहेकाहरूका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण छ । यसको अलावा यो पुस्तक अध्ययन/ अध्यापन गराउनेहरूका लागि त झन् अझ धेरै सहयोगी हुनेछ ।