Menu Close

रातो साडी (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो।
  • प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो।
  • ‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द गुच्छामार्फत् सामान्य चिरफार गरिएको छ।
  • मौलिक ‘रातो साडी’ मौलिक नेपाली नारीपनको द्योतक बन्न सक्छ भन्ने कामनासहित यो सानो प्रयास गरिएको छ।
  • विवाहमा किन रातो साडी अनिवार्य छ? परापूर्वकालमा मन्दोदरी, उर्मिला, तारा र गार्गी, मैत्रेयीहरू पनि किन साडी भोगी भए, किन उनीहरू रातोप्रति नै आकर्षित भए? के साँच्चै रातो साडी नेपाली नारी आकर्षणको केन्द्र नै हो? भन्ने जस्तो सूक्ष्म भावनालाई रातो साडी नेपाली नारीको सौभाग्यको रक्षाकवच हुँदोरहेछ भन्ने सामाजिक यथार्थलाई बुझाइको आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।