Menu Close

३० दिन अङ्ग्रेजी बोलचाल

  • भुँडीपुराण प्रकाशनको “३० दिन अङ्ग्रेजी बोलचाल” गुणराज लुइटेलद्वारा तयार पारिएको अङ्ग्रेजी भाषासम्बन्धी पाठ्यसामग्री हो।
  • प्रस्तुत पुस्तकमा हाम्रो राष्ट्रिय भाषा ‘नेपाली’ लाई माध्यमको भाषाका रूपमा लिएर अङ्ग्रेजी भाषा सिकाउने प्रयास गरिएको छ।
  • पाठकहरूलाई दैनिक रूपमा सिक्न सजिलो होस् भनी पाठहरूलाई दिन-दिनमा विभाजन गरी लेखिएका छन्।
  • समग्रमा, यहाँ तीस दिनको अङ्ग्रेजी भाषा सिक्ने, जान्ने र बुझ्ने गरी पाठहरू समावेश छन् र ती पाठहरूले तपाईंको सिकाइको गतिलाई डोर्याउने छन् भनी विश्वस्त छौँ।
  • हरेक पाठलाई व्यवहारिक सिकाई गराउने उद्देश्यले यो पुस्तक तयार पारिएको छ। केही लामो पाठहरूलाई चरणबद्ध रूपमा प्रस्तुत गरिएको छ।
  • तीस दिनको अतिरिक्त यसमा व्यवहारिक संवाद र व्यवहारिक पत्र लेखनसमेत समेटिएको छ भने वर्तमान यूगीन सूचना प्रविधिका विभिन्न एप्लिकेशनहरू (एप्स) को बारेमा समेत संक्षिप्त जानकारी दिइएको हुँदा यो पुस्तक तपाईंका लागि व्यवहारिक छ भन्ने अपेक्षा लिएका छौँ।