भुँडीपुराण प्रकाशनको “जनसङ्ख्या गतिशीलता” त्रिभुवन विश्वविद्यालय बी.एड्. द्वितीय वर्षको मेजर र माइनर समूह (पप.एड्. ४२३ र ४२९) र सु.प.वि. दोस्रो सेमेष्टर मेजर (पप.एड्. १२२) र छैठौँ सेमेष्टर माइनर समूह (पप.एड्. ३६४)को नयाँ पाठ्यक्रमअनुसार तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका लागि तयार पारिएको छ ।
प्रस्तुत पुस्तकमा विषयवस्तुलाई सरल तरिकाले प्रस्तुत गरी आवश्यकताअनुसार व्यवहारिक उदाहरणसमेत समावेश गरी सर्वसाधारण पाठकवर्गले सहज बुझ्नेगरी तयार पारिएको छ।
यो पुस्तक विशेष गरेर त्रिभुवन विश्वविद्यालय चारवर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. दोस्रो वर्षको लागि तयार पारिएको भए तापनि विषयवस्तुसँग जिज्ञासा राख्ने जोसुकै पाठक वर्गलाई पनि सहयोग पुर्याउने कुरामा हामी आशावादी छौँ।