भुँडीपुराण प्रकाशनको “नेपाली भाषा पाठ्यक्रम, भाषा पाठ्यपुस्तक तथा शिक्षण पद्धति” शिक्षाशास्त्र संकाय आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि नेपाली शिक्षा इलेक्ट्रिभअन्तर्गतको ४२४ कोडको नेपाली भाषा पाठ्यक्रम, भाषा पाठ्यपुस्तक तथा शिक्षण पद्धति विषयको पूर्ण सामग्रीको रूपमा प्रस्तुत गरिएको छ।
यो पुस्तक पाठ्यक्रमद्वारा निर्देशित सबै सामग्रीलाई पाठ्यक्रम अनुसार प्रस्तुत गरी एकातिर सिकारुहरूको भाषिक अभिरूचि बढाउने परिवेश तयार गरिएको छ भने अर्कोतिर स्तरयुक्त, सुस्पष्ट र पर्याप्त सामग्रीका रूपमा सिकारु, पाठक तथा भाषा पाठ्यक्रमका जिज्ञासु एवम् पाठ्यक्रम, पाठ्यपुस्तकको समीक्षणमा लाग्ने वा लागेका पाठकहरूका लागि समेत भरपर्दो र उपयोगी बनाइएको छ।