भुँडीपुराण प्रकाशनको “नेपालको जनसङ्ख्या” त्रिभुवन विश्वविद्यालयअन्तर्गत चारबर्षे बी.एड. कार्यक्रमअन्तर्गत बी.एड. दोस्रो बर्षको जनसङ्ख्या शिक्षा विषयको मेजर पाठ्यांश (पप. एड. ४२८) का लागि र सु.प.वि. शिक्षाशास्त्र सङ्कायअन्तर्गत बी.एड्. सातौँ सेमेष्टर मेजर (पप.एड्. ३७१) र सातौँ सेमेष्टर माइनर (पप.एड्. एमसी. ४७४)को पाठ्यक्रमको आधारमा तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका लागि तयार पारिएको पाठ्यपुस्तक हो ।
यसका अतिरिक्त यो पुस्तक बी.ए. तेस्रो वर्ष, एम.ए., एम.एड. मा जनसङ्ख्या विषय अध्ययन गरिरहेको विद्यार्थीहरू र नेपाल सरकारको राज्पत्राङ्कित र राजपत्रअनंकितका विभिन्न सेवा र समूहका लागि लोक सेवा आयोगबाट लिइने परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरूका लागि समेत सन्दर्भ सामग्रीको रूपमा सहयोग पुर्याउने कुरामा विश्वास लिएका छौँ।