भुँडीपुराण प्रकाशनको “प्रायोगिक भाषाविज्ञान” त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायका क्याम्पसहरूमा अध्ययनरत शिक्षार्थीका लागि आवश्यकीय सामग्री उपलब्ध गराउने उद्देश्यले नेपाली शिक्षाको मेजरअन्तर्गतको ४३४ कोडको प्रायोगिक भाषा विज्ञान विषयको पुस्तक पूर्ण सामग्रीका रूपमा प्रस्तुत गरिएको छ।
शिक्षाशास्त्र सङ्कायका चार वर्षे नयाँ पाठ्यक्रमले निर्देशित गरेका सबै सामग्रीलाई तदनुसार प्रस्तुत गरी एकातिर शिक्षार्थीहरूमा भाषिक अभिरुची बढाउने परिवेश तयार पारिएको छ भने अर्कातिर स्तरयुक्त, सुस्पष्ट र पर्याप्त सामग्रीका रुपमा पाठकहरू र भाषा विज्ञानका जिज्ञासु एवम् पाठ्यक्रम तथा पाठ्यपुस्तकको समीक्षणमा सक्रिय समीक्षकहरूका लागि समेत भरपर्दो र उपयोगी बनाउने प्रयास गरिएको छ।