Menu Close

रमाइलो नेपाली (कक्षा ४)

  • भुँडीपुराण प्रकाशनको “रमाइलो नेपाली (कक्षा ४)” बालकेन्द्रित पद्धतिमा आधारित पाठ्यपुस्तक हो।
  • यस पुस्तकमा दिइएका सामग्रीहरू कक्षा-क्रियाकलापमुखी भएकाले शिक्षण गर्दा बालमनोविज्ञानअनुरूप शिक्षकले विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्ने हुन्छ।
  • यस पुस्तकका अभ्यास सामग्रीहरू भाषिक सीपका चार तह ‘सुनाइ, बोलाइ, पढाइ र लेखाइ’ को क्रमिक प्रतिनिधित्व हुने गरी राखिएका छन्।
  • पाठ्यपुस्तक पढ्दा बालबालिकालाई बोझिलो नहोस् र पढूँपढूँ लागोस् भन्ने उद्देश्यले थरीथरीका रमाइला गीत एवं कविताहरू राखिएका छन्। यसका साथसाथै प्रशस्त चित्रसामग्रीको पनि प्रयोग भएको छ।