भुँडीपुराण प्रकाशनको “रस र सृजना” डा. जितबहादुर गिरीद्वारा तयार पारिएको समालोचनात्मक पुस्तक हो ।
पश्चिम नेपालको राप्ती क्षेत्रका समग्र कृति मध्ये प्रतिनिधिमूलक पद्यात्मक काव्य कृतिलाई आधार मानेर तयार पारिएको यो कृति नेपाली भाषा र साहित्यका क्षेत्रमा आजसम्मकै उत्कृ्ष्ट र नवीन प्रक्रियाको सृजनात्मक समालोचकीय पुस्तक हो ।
त्यस क्षेत्रका सकेसम्म सबै पद्य कृतिहरूलाई समेट्ने प्रयास गरिएको यस प्रकारको नवीनतम प्रक्रियाको कृति प्रस्तुत गरेर विश्लेषक तथा लेखकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै आफ्नो पृथक पहिचान स्थापित गराएका छन् ।
साहित्यानुरागी तथा उच्च शिक्षा अध्ययन गर्नेहरूका लागि उपयोगी यो पुस्तकले पाठकको अपार माया पाउनेमा हामी विश्वस्त छौँ ।