भुँडीपुराण प्रकाशनको “बाँठी” शिवप्रसाद जैशी खतिवडाद्वारा तयार पारिएको उपन्यास हो ।
प्रस्तुत उपन्यासमा शिशु जन्माउन नसक्ता पीडित बनेका महिलाका समस्यातिर दृष्टि लगाइएको छ जसमा बाँझी रहे बापन लोग्नेद्वारा सौता भित्र्याइएका मात्र नभई लोग्ने नपुंसक रहेका कारण महिलाले सन्तानविहीन भएको दोष खेप्नु परेको कुरा पनि वर्णित छ ।
यस उपन्यासले महिलाहरूप्रति गरिने अन्य ज्यादतीका कुराहरू पनि उठाएको छ । खास गरी बालविवाह, बहुविवाह र अनमेल विवाह, महिला-पुरुषप्रति गरिने भेदभाव, छाउपडी प्रथा आदिसँग सम्बन्धित समस्याका बारेमा यसले प्रकाश पारेको छ ।