आमा (बालउपन्यास) मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “आमा” हरि खनालद्वारा तयार पारिएको बाल उपन्यास हो।भोक लाग्यो आमा, निद्रा लाग्यो आमा, नयाँ लुगा चाहियो आमा, पेट दुख्यो वा ऐया भयो आमा, कतै ठेस लाग्यो आमा, लडियो भने बोल्ने पहिलो शब्द ऐया आमा।जन्मपूर्व नौ महिनासम्म गर्भभित्र बोकेर हिंड्ने आमा, गहिरो पीडा खपेर धर्तीमा ल्याइदिने आमा, घाउ दुखिरहेको छ, शरीर जलिरहेको छ तर शिशु देख्नासाथ मुसुक्क हाँसेर छिनमै दुख भुल्ने आमा। अनि आफ्नो छाती खोलेर चपचप दूध चुसाउने आमा।यो उपन्यास यस संसारका सम्पूर्ण जीवहरूका आमामा समर्पित छ। Post navigation Previous Previous post: व्यक्तित्व विकास कसरी गर्नेNext Next post: चींमुसी (बालकविता संग्रह)