Menu Close

तनावरहित जीवन

  • भुँडीपुराण प्रकाशनको “तनावरहित जीवन” स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “चिन्तित व्यक्ति हरेक समय व्यस्त रहनुपर्छ नत्र ऊ निराशाबाट बच्न सक्दैन। संसारमा आधाभन्दा बढी संकट स्वाभिमानमा ठेस, अभद्रता तथा मिथ्याभिमानको भावको कारण पैदा हुन्छ। तर याद राख्नुस्, जीवन तुच्छ कुरामा अल्झिरहनका लागि होइन।”
  • “यस युगको मनुष्यको आधा चिन्ता र तनावको मुख्य कारण के हो भने उसले कुनै आधारविना निर्णय गर्ने कोसिस गर्छ। जसले चिन्तासँग जुध्न, संघर्ष गर्न, लड्न जान्दैन, ऊ अकाल मृत्युको सिकार बन्छ।”
  • “चिन्ताले रक्तचाप बढ्छ, बाथ रोग, मदुमेह एवम् थाइराइड जस्ता संक्रामक रोग जीवनमा उब्जाउँछ। पेटको रोगको उपचार पहिले आफ्नो चिन्ता कम गर्नुपर्छ।”
  • “समस्याको समाधान नमिल्दा के र कति अनिष्ट हुन सक्छ, त्यसको आँकलन गर्नुहोस्। अनिष्ट स्वीकार गर्नुहोस्। स्वीकृत अनिष्टलाई सुधार गर्ने कोसिस गर्नुहोस्।”