Menu Close

देउदत्त र रानी मुखर्जीहरू (कथासंग्रह)

  • भुँडीपुराण प्रकाशनको “देउदत्त र रानी मुखर्जीहरू” विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो।
  • प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन्।
  • यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू, नेतृत्व वर्ग र जनताहरूबीच बढ्दो अन्तराल, बन्दहडताल, वैचारिक द्वन्द्वको पराकाष्ठा, राजनीतिकर्मीहरूका नाटकीय क्रियाकलापहरू, राजनीतिक छलकपट, पार्टीले बदमासी गर्नेहरूलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरू दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन्।