भुँडीपुराण प्रकाशनको “गुणस्तरीय जीवन” विशेष गरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत छात वर्षे बी.एड. कार्यक्रमअन्तर्गत जनसङ्ख्या शिक्षा मूल विषय अन्तर्गत बी.एड. प्रथम वर्षको गुणस्तरीय जीवन (पप.एड. ४१७) को पाठ्यक्रमको आधारमा तयार पारिएको छ।
प्रस्तुत पुस्तकमा गुणस्तरीय जीवनसँग सम्बन्धित अवधारणा, यसको मापनका तरिकाहरू, यसलाई प्रभाव पार्ने तत्त्वहरू, जनसाङ्ख्यिकीय तत्त्व र गुणस्तरीय जीवन, विश्वमा विभिन्न देशहरू र क्षेत्र अनुसार गुणस्तरीय जीवनको अवस्था, नेपाल सरकारले नेपालीहरूको जीवनको गुणस्तरीयता माथि उठाउने उद्देश्यले अवलम्बन गरेका प्रयासहरू र गुणस्तरीय जीवनसँग सम्बन्धित विषयवस्तुमा गरिने परीक्षणात्मक अध्ययन जस्ता महत्त्वपूर्ण पक्षहरूलाई समेटेर व्याख्या गर्ने प्रयास गरिएको छ।