भुँडीपुराण प्रकाशनको “नेपाली नाट्य परम्परामा नाटककार माधव घिमिरेको योगदान र मूल्याङ्कन” डा. बाबुराम आचार्यद्वारा तयार पारिएको अनुसन्धानमूलक समालोचना हो ।
यस कृतिमा नेपाली नाट्य परम्पराको चर्चा गर्दै प्रमुख नाटककारहरू र तिनका मुख्यमुख्य प्रवृत्तिहरूको चर्चा गरिएको छ र तिनीहरूसँग नाटककार घिमिरेको तुलना गरी उनको योगदानको मूल्याङ्कन समेत प्रस्तुत गरिएको छ ।
यस क्रममा धेरै नाटककारका नाट्यकृति तथा तीसम्बन्धी समालोचनात्मक कृतिहरूको उपयोग गरिएको छ ।