Menu Close

महान नेपाली

  • मातृभूमि प्रकाशन तथा उद्यमद्वारा प्रकाशित “महान नेपाली” कमलजङ्ग कुँवरद्वारा तयार पारिएको वैचारिक कृति हो ।
  • नेपाललाई संसारकै महानतम, उत्कृष्ट र सुरक्षित देश र नेपाली जनतालाई विश्वकै महान तथा खुशी नागरिक बनाउने दूरदृष्टि सहितका विचार, रणनिति, योजना तथा कार्यक्रमहरू समावेश गरेर राजनितिक, आर्थिक, सामाजिक, कूटनीतिक र सांस्कृतिक पक्षलाई समेटेर यो पुस्तक तयार पारिएको छ ।
  • यो देशका शासक, नेता र दलका बारेमा उनीहरूले जे गरे त्यही कुरा प्रष्ट लेखिएको छ ।
  • नेपालमा जातीय, धार्मिक, क्षेत्रीय र बसाइँसराइका हिसाबले जनतालाई साम्प्रदायिक ढङ्गले भ्रममा पार्ने प्रयास गरिँदै आएको छ। पाठकलाई यस पुस्तक मार्फत यथार्थता ज्ञात गराउने कोशिश गरिएको छ ।