Menu Close

आख्यान परम्परा

  • भुँडीपुराण प्रकाशनको “आख्यान परम्परा” डा. गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना हो।
  • यस पुस्तकमा अध्ययन, खोज, अनुसन्धानका क्रममा बजारमा भेटिएका सामग्रीहरूलाई कहीँ हुबहु र कहीँ परिष्कृत रूपमा प्रस्तुत गरिएको छ।
  • प्रस्तुत विवेच्य समालोचनात्मक ग्रन्थको अध्याय एकमा आख्यानको परिचय प्रस्तुत गरिएको छ। त्यसै गरी अध्याय दुईमा पूर्वीय आख्यानको परिचय प्रस्तुत गरिएको छ। अध्याय तीनमा भारतीय भूमिमा विकसित आख्यान परम्पराको विवरण समाहित छन्। अध्याय चारमा चिनियाँ साहित्य परम्पराको सङ्क्षिप्त चर्चा गर्ने काम गरिएको छ। अध्याय पाँचमा जापानी साहित्य परम्पराको जानकारी गराइएको छ। अन्त्यमा अध्याय छ मा नेपाली आख्यान परम्पराको पृष्ठभूमी, परम्परा र विकासलाई सङ्क्षिप्त रूपमा केलाइएको छ।