Menu Close

Tag: children’s poem

जिज्ञासु सालु (सचित्र बालकविता)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “जिज्ञासु सालु” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा सालुले विभिन्न प्रकारका साना-साना किराहरूका बारेमा जानकारी प्राप्त गर्छिन् ।यो पुस्तक स-साना बालबालिकाहरूका लागि निकै उपयोगी छ ।

गुराँसझैँ (बालकविता सङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुराँसझैँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यस पुस्तकका कविताहरू प्रायः दश वर्षदेखि पन्द्र वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने देखिन्छ ।लेखकका कतिपय बालकविताहरू गीति लयात्मक ढाँचामा प्रस्तुत भएका छन् । यिनले मनोरञ्जनका साथै जीवनोपयोगी विचारहरू दिएका हुँदा बालबालिकालाई व्यावहारिक बनाउँदै लाने कुरामा सहयोग…

खेलौँ रमेर (बालकविता सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “खेलौँ रमेर” जयन्ती स्पन्दनद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यो पुस्तक तीन वर्षदेखि दश वर्ष उमेर समूहका बालबालिकालाई सुहाउँदो देखिन्छ ।लयात्मक तरिकाले मनोरञ्जन दिलाउँदै बालबालिकाहरूलाई गाउँदै खेल्न र पढ्न उत्प्रेरित गरोस् भन्ने यस पुस्तकको अभिप्राय हो ।

बन्यो है बन्यो (सचित्र बालकविता)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “बन्यो है बन्यो” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा एक सानी बालिकाले कसरी एउटा राम्रो कविता लेख्न सफल भइन् भनेर देखाइएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूले रमाइलो मानी मानी पढ्न सक्छन् ।

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

सुरी सुरी म्याउँ (बाल कवितासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुरी सुरी म्याउँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।यस कृतिमा समाविष्ट बीस कविताहरू प्रायः तीन वर्षदेखि नौ वर्षसम्मका उमेर समूहलाई उपयुक्त छन् ।यसका साथै कविताहरू मनोरञ्जनमा मात्र सिमित नरहेर मसिनो गरी वैचारिक सन्देश दिन सक्षम छन् ।