Menu Close

Tag: जीवनोपयोगी पुस्तक

ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)” श्रीप्रसाद प्रसाईद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यस पुस्तकमा सवारी चालकको हैसियतले जानकारी राख्नुपर्ने आधारभूत कुराका अतिरिक्त सवारी तथा यातायात व्यवस्था ऐन, नियम पनि समावेश गराइएको छ । जसले गर्दा सवारी ऐन, नियमविपरीतको कार्य गर्दा के-कस्तो दण्ड सजाय हुनसक्छ…

खुसी हामीभित्रै छ (जीवनोपयोगी पुस्तक)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “खुसी हामीभित्रै छ” डा. कौशिला रिसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यसै पुस्तकबाट, “धर्तीमा रित्तो हात लिएर जन्मिएको मानिसले आफू बाँचेको समय र आउने पुस्ताका लागि धेरै गरेर छोडेका हुन्छन् । यस धर्तीका लागि केही गर्नुपर्छ भन्ने सोचका कारण नयाँ कुराको आविष्कार सम्भव भएको हो…

आमाबाबुको चिन्ता

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “आमाबाबुको चिन्ता” गिजुभाईद्वारा तयार पारिएको अनुवादित पुस्तक हो ।गिजुभाईकै शब्दमा, “हामी आफ्ना बाल-बालिकालाई नराम्रो व्यवहार गर्छौँ । उनीहरूको मनको कुरा नबुझिकन उनीहरूको टीका-टिप्पणी गर्छौँ । उनीहरूको बारेमा भन्न नहुने कुरा पनि गर्छौँ । उनीहरूको अपमान गर्छौँ । उनीहरूलाई सहानुभूति दिदैनौं । हामी एक अरकाबिच गलत…

निराशा छोडौं सुखले बाँचौं

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “निराशा छोडौं सुखले बाँचौं” स्वेट मार्डेनको पुस्तकको नेपाली अनुवाद हो ।पुस्तकबाट केही अंश, ” आज मानिस किन निराश र दुःखी छ ? जब कि ऊसँग रमाईलो जीवन छ । ऊ गौरवमय जीवन बिताउँदै छ । प्रत्येक कार्य बटन थिचेर समाप्त हुन्छ । यसको विपरीत सत्ययुगमा…

दिवास्वप्न

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “दिवास्वप्न” गिजुभाईको पुस्तकको नेपाली अनुवाद हो ।गिजुभाईका शब्दमा, ” मैले केही व्यक्तिहरूबाट कठिन र तात्त्विक लेखहरूको सट्टामा सरल कथा शैलीमा शैक्षिक विचार समेटें भने राम्रो हुनेछ भन्ने सुझाव पाएँ । यसले मलाई प्रयत्न गर्ने प्रेरणा प्राप्त भयो र यसको फलस्वरूप दिवास्वप्न को रचना भयो ।…

सफल व्यक्तित्वका वैज्ञानिक सूत्र

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “सफल व्यक्तित्वका वैज्ञानिक सूत्र” नेपोलियन हिलको Bestseller को नेपाली अनुवाद हो ।व्यक्तित्व विकास आजको अनिवार्य आवश्यकता हो । सफल जीवन जिउन र चुनौतीसँग डटेर सामना गर्न एउटा मात्र आयामले पर्याप्त हुँदैन । तसर्थ तिनै बाध्यता र अप्ठ्याराहरूलाई सामना गर्न तथा सफल जीवन जिउन हामीले व्यक्तित्वको विकास गर्दै…

हाम्रो पत्रकारिताको हाते पुस्तक

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “हाम्रो पत्रकारिताको हाते पुस्तक” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।प्रस्तुत विषयक पुस्तक आठ अध्यायहरूमा विभाजित छ । यस पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकार जस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ । सम्पादन कार्यको…

शेयरमा लगानी

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “शेयरमा लगानी” बेन्जामिन ग्राहमको The Intelligent Investor को नेपाली अनुवाद हो । यो पुस्तक दिपेन्द्र शाहद्वारा अनुवाद गरिएको छ ।पुस्तकबाट साभारः“एक उच्च आई.क्यु. र उच्च शिक्षा एक बुद्धिमान लगानीकर्ता बन्न पर्याप्त छैन । १९९८ मा गणितिज्ञहरू, कम्प्युटर वैज्ञानिकहरू र दुई नोबेल पुरस्कार-विजेता अर्थशास्त्रीहरूको बटालियनद्वारा सञ्चालित लङ टर्म…

समग्र जीवनशैली व्यवस्थापन

मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “समग्र जीवनशैली व्यवस्थापन” डा. नरविक्रम थापाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यो पुस्तक सान्दर्भिकता र जीवनोपयोगिताका हिसाबले समग्र जीवनशैलीको व्यवस्थापनलाई तथ्य र अनुभवका आधारमा सरल र रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।यस पुस्तकले मानव जीवनशैलीलाई प्रभावकारी व्यवस्थापन गर्न धेरै सहयोग पुग्ने हुनाले चिरस्थायी महत्त्व राख्ने…

चेस खेलको परिचय

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “चेस खेलको परिचय” गोपीरमण उपाध्यायद्वारा लेखन तथा सङ्कलन गरिएको पुस्तक हो ।एउटा खेलाडीले कस्तो परिस्थितिमा कस्तो निर्णायक चाल चलेर विजयी भयो, कुन खेलाडीले कसरी गलत चाल चल्दा राम्रो पोजिशनमा भएर पनि ऊ पराजित भयो भन्ने कुरा नै सम्भवतः यस पुस्तकको मुख्य अनतर्वस्तु हो ।यस पुस्तकमा…