Menu Close

Tag: children literature

उपकार (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपकार” देवराज सिम्खडाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकभित्र चौधओटा ससाना कथाहरू छन् ।बालबालिकाहरूले कुनै एक कथाबाट अप्रत्यक्ष रुपमा धेरै कुराको ज्ञान पाइरहेका हुन्छन् । तर कथाले दिने प्रत्यक्ष सन्देश भने एउटा हुन्छ ।प्रस्तुत कथासङ्ग्रह कुन उमेर समूहका लागि भनेर लेखकले किटान गर्नुभएको देखिँदैन तथापि…

सिर्जनाको कोसेली (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिर्जनाको कोसेली” बालसिर्जना मञ्च, नेपालका स्रष्टाहरूद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा कूल बाह्र कथाहरू रहेका छन् । यसभित्र समाज, देश, माटो, प्रकृति, विज्ञान, भाषा, संस्कृति, शिष्टाचार र सदाचारका धेरै फूल सुवासित भएको पाइन्छ ।

प्रिय मुसाहरू (सचित्र बालकथा)

मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “प्रिय मुसाहरू” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा मुसा, बिरालो र स्यालको कथा समावेश छ ।यस पुस्तकमा “कुरा नै नबुझी छिटो निर्णय लिँदा पछुतो हुन सक्छ, त्यसैले जे काम गर्दा पनि सोचविचार गरेर गर्नुपर्छ” भन्ने शिक्षा दिन खोजिएको छ ।

सुनको डल्लो (बालकथासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुनको डल्लो” पोष चापागाईंद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त विभिन्न कथाहरू रहेका छन् ।

बतासे डाँडामा पङ्खा (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “बतासे डाँडामा पङ्खा” कृष्ण बजगाईंद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

कमलको इच्छा (सचित्र बालकथासङ्ग्रह)

मूल्य रु. १७०/- भुँडीपुराण प्रकाशनको “कमलको इच्छा” रञ्जुश्री पराजुलीद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाका लागि उपयुक्त सामाजिक कथाहरू समावेश गरिएका छन् ।यस पुस्तकले बालबालिकाको वृद्धि, विकास र सोच्ने क्षमता अभिवृद्धिका लागि निकै मद्दत पुर्याउन सक्ने हाम्रो ठम्याई छ ।

रमाइला गाउँखाने कथा

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “रमाइला गाउँखाने कथा” प्रा.डा. कपिल लामिछानेद्वारा तयार पारिएको पुस्तक हो ।गाउँखाने कथाको प्रयोगबाट बालबालिकाले मनोरञ्जन, ज्ञान वा शिक्षा र सिप हासिल गर्दछन् ।यसबाट लोकसाहित्यको उपयोगमा वृद्धि हुन्छल लोकसाहित्य संरक्षण-सम्बर्द्धनमा सघाउ पुग्छ; आफ्नोपनप्रति श्रद्धा बढ्न जान्छ । फलस्वरूप बालबालिकामा राष्ट्रिय भावना जागृत हुन पुग्छ ।

असल मित्र (सचित्र बालकथा)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “असल मित्र” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक जरायोको कथा देखाइएको छ । जरायो कसरी अप्ठ्यारोमा पर्छ र कसले उसलाई सघाउँछ भनेर देखाइएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।

गुराँसझैँ (बालकविता सङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुराँसझैँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यस पुस्तकका कविताहरू प्रायः दश वर्षदेखि पन्द्र वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने देखिन्छ ।लेखकका कतिपय बालकविताहरू गीति लयात्मक ढाँचामा प्रस्तुत भएका छन् । यिनले मनोरञ्जनका साथै जीवनोपयोगी विचारहरू दिएका हुँदा बालबालिकालाई व्यावहारिक बनाउँदै लाने कुरामा सहयोग…