Menu Close

कलियुगकी राधा (उपन्यास)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “कलियुगकी राधा” सरस्वती शर्मा (सुवेदी)द्वारा तयार पारिएको उपन्यास हो ।प्रस्तुत कृतिमा प्रेम के हो भन्ने कुराको निचोड निकाल्न खोजिएको छ ।लेखकका शब्दमा “मानव जीवनमा उचालिने, पछारिने र बसालिने क्रम हुन्छ । यहाँ पनि त्यस्तै छ कि ! तीनै विषयवस्तु पस्किन खोजेकी छु । सबै पात्रहरू…

रावणायन (पौराणिक उपन्यास)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “रावणायन” खनाल रेवतीरमणद्वारा तयार पारिएको पौराणिक उपन्यास हो ।लोकले विश्वास गरेका, मानेका र पुजेका सबै व्यक्ति साँच्चै राम्रा र ठूला हुँदैनन् र जसलाई बदनाम गराइयो, मूर्ख भनियो, दुराचारी मानियो र राक्षस भनेर प्रचार गरियो, वास्तवमा ती सज्जन, न्यायप्रिय, विद्वान् र असल पनि थिए भन्ने वैचारिक…

प्रतिताप (उपन्यास)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “प्रतिताप” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।यो उपन्यास माया गर्ने जोडीलाई लक्षित गरी लेखिएको उपन्यास हो।यसभित्रका कथानकले हाम्रो समाजमा भएको चालचलन, कतिपय कुरीति र कुसंस्कारका कारणले विछोडिएर पाएका दु:ख, माया प्रेम गर्नेले भोगेका भोगाइलाई चित्रण गर्न खोजेको छ।परिवेशका प्रसङ्ग गाउँमा हुने चौतारा, खोला र उकालोओरालो…

रातो साडी (उपन्यास)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो।प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो।‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द गुच्छामार्फत् सामान्य चिरफार गरिएको छ।मौलिक ‘रातो साडी’ मौलिक नेपाली नारीपनको द्योतक बन्न सक्छ भन्ने कामनासहित यो सानो…

बल्ली (उपन्यास)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बल्ली” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको उपन्यास हो।पुस्तकको मूलपात्र परिचय विस्तृत रूपमा पुस्तक भित्रै छ। बल्ली, बलिराम चौधरीको बोलाउने नाम हो। २०४६ सालको जनआन्दोलन पछि बहुदल आयो भन्न थालिएको छ उसलाई। बल्ली चरम गरिबीको जीवन बिताइरहेको थारु समुदायको व्यक्ति हो, उसको घर घरजस्तो छैन। घरभित्र ऊ…

बेमौसमी भाउजू

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।एउटी १६ बर्षे छोरी,…

मेरी प्रिया (उपन्यास)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो।लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला। ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने चाहना हरेक व्यक्तिको हुन्छ। यसैलाई चरितार्थ गर्ने हरसम्भव प्रयास मैले ‘मेरी प्रिया’ मा गरेको छु।”

कसले सुन्छ मेरो आवाज!

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो।लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय…

Who Will Hear My Voice (Novel)

Price: Rs. 350/- Bhundipuran Publication’s “Who Will Hear My Voice” is a novel written by Dr. Sushama Acharya.During the forty years of the author’s teaching profession, she had made some attempts towards enhancing the power and self-esteem of the downtrodden women but it was not to be possible as desired…

तसलिमा नसरिनको “लज्जा”

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो।अनुवादकका आफ्नै शब्दमा:“बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा. तसलिमा नसरीनको उपन्यास ‘लज्जा’को नेपाली अनुवाद मैले टुटुल गुप्ता (Nee Ray) को अंग्रेजी संस्करणबाट गरेको हुँ। तसलिमाले यो उपन्यास लेख्दा सायद उनी आफैंले पनि कल्पनासमेत गरेकी…