Menu Close

हिउँफूल (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “हिउँफूल” उषा के.सी.द्वारा तयार पारिएको उपन्यास हो ।
  • हिउँफूललाई एक महिलाले भोगेका अनेकन् कथा–व्यथाको औपन्यासिक प्रस्तुति हो भन्न सकिन्छ ।
  • तेत्तीस अध्यायमा बुनिएको यो उपन्यासको कथा आफ्नो छोराको विवाह प्रयोजनका लागि बुवाको साथी आफूलाई हेर्न आएको प्रसङ्गबाट सुरु हुन्छ । त्यसपछि अघि बढेको कथा विवाह हुँदै छोरीको जन्म, लोग्नेको पटकपटकको विवाह, सासू र नन्दसँगका सुमधुर सम्बन्ध, लोग्नेसँगको विद्रोह, छोरीलाई लिएर घरबाट प्रस्थान, छोरीको पढाइ, नोकरी र विवाहसम्म विस्तारित छ ।