भुँडीपुराण प्रकाशनको “शैक्षिक सामान्यज्ञान” आत्माराम भट्टराईद्वारा तयार पारिएको पुस्तक हो ।
यो पुस्तक शिक्षक, विद्यार्थी, शिक्षा क्षेत्रमा कार्यरत व्यक्ति तथा लोकसेवा एवं शिक्षक सेवा आयोगबाट लिइने परिक्षाको लागि तयार पारिएको छ ।
यस पुस्तकमा अधिकांश विषयवस्तुलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ जसले विषयवस्तु स्मरणमा सहजता पुर्याउनेछ । साथै कुनै-कुनै विषयवस्तुको आवश्यकता महसुस गरी गहिराइमा पुर्याइएको छ ।
यसका साथै विषयवस्तुलाई विभिन्न प्रतिवेदन तथा योजनामा समाविष्ट सुझाव र कार्यक्रमहरू समेत खोतलिएको छ ।
विश्यव्यापी शैक्षिक विकास सँगसँगै नेपालमा पनि समयानुकूल शैक्षिक विकासको स्वरूप परिवर्तन भइरहेको छ । हाल देशमा संघीय गणतन्त्रको कार्यान्वयन भइरहेको छ । केन्द्रीय शैक्षिक प्रणालीबाट विकेन्द्रित शिक्षा प्रणाली लागू भइरहेको छ । फलस्वरूप शिक्षाका नीति, योजना, कानुनसहित शैक्षिक प्रणाली नै परिवर्तित छ । विद्यालय शिक्षाको संरचना परिवर्तित छ । विद्यालय शिक्षाको जिम्मेवार निकाय पूर्णरूपमा स्थानीय तह भएको छ । यी र यावत कुराहरूका परिवर्तनहरूलाई यस नयाँ संस्करणमा समावेश गरी पूर्णता दिने प्रयत्न गरिएको छ ।