भुँडीपुराण प्रकाशनको “नेपाल वायुसेवा ज्ञानसागर” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञानसम्बन्धी पुस्तक हो ।
नेपाल वायुसेवा निगम तथा नागरिक उड्डयन प्राधिकरण नेपालको हवाई सेवा/क्षेत्रको अग्रणी र हवाई क्षेत्रमा ठूलो महत्त्व भएका संस्थाहरू हुन् । त्यसैले पनि नेपालमा हवाई सेवा (Airlines Services) मा क्यारियर बनाउनेहरूका लागि एक सर्वोत्तम र लक्षित संस्थाको रुपमा नै नेपाल वायुसेवा निगम (Nepal Airlines Corporation) र नागरिक उड्डयन प्राधिकरण (CAAN) लाई लिने गरिन्छ ।
यसै सन्दर्भमा Nepal Airlines Corporation (NAC) र CAAN तयारी गर्नेहरू (सामान्य प्रशासन/लेखा समूह तह ४,५ र ६, लगायत प्राविधिक तथा अप्राविधिक सबै तहका लागि) को लागि आवश्यक, छिटो-छरितो र महत्त्वपूर्ण पक्षहरू समेटिएको एक प्रभावकारी र परीक्षामुखी सामग्रीको रूपमा यो पुस्तक ल्याउने प्रयास गरिएको छ ।