Menu Close

बाँसै बाँस

  • भुँडीपुराण प्रकाशनको “बाँसै बाँस” छायादत्त न्यौपानेद्वारा तयार पारिएको जानकारीमूलक पुस्तक हो ।
  • बाँस जीवनोपयोगी वनस्पति हो । यसले मानिसलाई जीवन निर्वाहमा सदैव सहयोग गरिरहेको हुन्छ ।
  • प्रस्तुत बाँसै बाँस नेपाली सामाजिक परम्पराले हुर्काई ल्याएका बाँसे उपकरणसित पाठकवृन्दलाई परिचित गराउने लक्षअनुरुपको फरक सोचबाट तयार भएको हो ।
  • यसमा गरिएको नेपाली जनजीवनमा प्रयोग हुँदै आएका परम्परागत मौलिक उपकरणहरूको सामान्य परिचय दिने प्रयासले परम्परित ऐतिहासिक सम्पदाको संरक्षण/प्रवर्धनमा अलिकति सही भरिलो टेवा पुर्याउला भन्ने विश्वास हामीले लिएका छौँ ।
  • यसमा चर्चा पाएका पाठ र चित्रहरूबाट पूर्वपरिचित पाठक रमाउनेछन् भने यी रूप र प्रयोजनबारे सूचना नपाएका पछिल्लो पुस्ताका पाठकहरूमा एक प्रकारको जिज्ञासा उत्पन्न हुनेछ भन्ने विश्वास लिएका छौँ ।