Menu Close

सामान्य भाषाविज्ञान : एम.एड. प्रथम सेमेस्टर

  • त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायको स्नातक र स्नातकोत्तर तहमा भाषाविज्ञान एक महत्त्वपूर्ण विषयका रूपमा पठनपाठन हुँदै आएको छ ।
  • भाषा शिक्षणका सन्दर्भमा आधारभूत र गहन विषयको रूपमा रहेको भाषाविज्ञानको वैज्ञानिक रूपले अध्ययन-विश्लेषण गरिएको पुस्तक पाठकसामु सहज ढङ्गले उपलब्ध नभइरहेको अवस्थालाई दृष्टिगत गरी प्रस्तुत पुस्तक अनुसन्धानात्मक सामग्रीको रूपमा पाठकहरूसमक्ष पस्केका छौं ।
  • यसले सम्बन्धित तहमा अध्ययन गर्ने तथा अन्य स्वाध्ययन गर्न चाहने प्राज्ञ पाठकहरूलाई समेत यथेष्ट सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं ।