भुँडीपुराण प्रकाशनको “अविरल यात्रा” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको लघुकथा संग्रह हो।
राजेन्द्र सुवेदीका शब्दमा “भण्डारीका कथामा मानव र मानावेतर दुई किसिमका पात्रहरू क्रियाशील छन्। मध्यकालीन आख्यानमा झैँ यहाँ मानवेतर पात्रहरू पनि संवाद र क्रियाकलापमा संलग्न छन्। तिलस्मी र ऐयासी परम्परामा आधुनिक स्वैरकल्पनात्मक चेत थपेर समवेदना संयोजन गर्न सकिन्छ भन्ने धारणा कथाकार भण्डारीमा स्थापित बनेको छ।”