Menu Close

गौमाया

  • भुँडीपुराण प्रकाशनको “गौमाया” दामोदर घिमिरेद्वारा तयार पारिएको एक कथा संग्रह हो।
  • लेखकले हाम्रो समाजका अबोध नारीहरूका समस्यालाई गाउँकी छोरी, दिलमाया र असरजस्ता कथाहरूका माध्यमबाट सशक्त रूपले उभ्याउने लेखेक आमाको बरखी बार्दा पसलमा गएर चिया खान नसक्ने संस्कार र आस्थाको सूक्ष्मतम चित्रण गर्दै हाम्रो आश्वासनचाहिं तुरुन्तै दिइहाल्ने तर व्यवहारिक सहयोग भने भोलि भोलि भन्दै टार्दै जाने प्रवृत्तिलाई एउटा नारीको जवाफमा भित्तो पुग्ने गरी सक्षम भएका छन्।
  • डा. तारानाथ शर्माका शब्दमा “दामोदर घिमिरेको यो कथासंग्रह माझिएको, सुन्दर र सरल भाषामा लेखिएको गध्यग्रन्थ हो। यसका एक-एक कथा पढिरहूँजस्ता, एक-एक अनुच्छेद अनुप्रासमय शैलीले गर्दा सम्झिरहूँजस्ता र एक-एक पात्रहरू हामीले दिनहुँ भेटिरहेजस्ता र भोगिरहेजस्ता छन्।”