Menu Close

भारतको आधुनिक इतिहास (१७५७ देखि २००९ ई.सं. सम्म)

  • भुँडीपुराण प्रकाशनको “भारतको आधुनिक इतिहास” डा. राजेश गौतमद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “ई.सं. १७०७ मा औरंगजेवको मृत्युपछि देखि नै मुगलहरुको स्थिति दयनीय हुन थाल्यो। विशाल एवम् वैभवशाली साम्राज्य छिटो छिटो पतन हुँदै जान थाल्यो। १५ औं शताब्दीको सुरूदेखी नै भारतमा युरोपियन व्यापारी कम्पनीहरुको स्थापना हुन थालेको थियो, तर मुगलहरुको शक्तिको अगाडि यिनीहरोले टाउको उठाउने र भारतीय राजनीतिमा प्रभावशाली ढंगले हस्तक्षेप गर्ने मौका पाउन सकेका थिएनन्। औरंगजेवको मृत्युको फाइदा उठाएर पतनोन्मुख मुगल साम्राज्यको स्थिति देखेर युरोपीय व्यापारी अब राजनीतिज्ञ बने। अंग्रेज र फ्रान्सेली दुवैले आफ्नो प्रभावक्षेत्र बढाउन लागे। दुवैको प्रतिद्वन्दिताले चांडै नै कर्नाटकमा उग्र रुप धारण गर्यो।”