यस पुस्तकबाट साभार गरिएका केहि अंश तल समेटिएका छन्:
“तिम्रै अगाडी माइली बज्यै विधवा भएकी हुन्। किस्नेकी आमा त झन् बालाविधुवा हुन्। रुपा, तारा, शान्ता विधुवा छन्। भन्न त हाम्रो समाजमा लोग्नेको लाससंगे आइमाईको जिन्दगानी खरानी हुन्छ भनिन्छ। कथन त्यसै बनेको होइन, केही सत्यता होला। पूर्ण भने होइन।“
“औकातभन्दा बढी नगर है, बुढा। भगवानको प्यारो हुने समयमा दु:ख पाइएला। समाज हेर। समाजमा चली आएको रीतिथिति हेर। बिरलैका सन्तान जन्म दिने आमाबाबुका बैसाखी भएको मैले देखेको छु। सुनेको छु।“