Menu Close

असल मित्र (सचित्र बालकथा)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “असल मित्र” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक जरायोको कथा देखाइएको छ । जरायो कसरी अप्ठ्यारोमा पर्छ र कसले उसलाई सघाउँछ भनेर देखाइएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।

गुराँसझैँ (बालकविता सङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुराँसझैँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यस पुस्तकका कविताहरू प्रायः दश वर्षदेखि पन्द्र वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने देखिन्छ ।लेखकका कतिपय बालकविताहरू गीति लयात्मक ढाँचामा प्रस्तुत भएका छन् । यिनले मनोरञ्जनका साथै जीवनोपयोगी विचारहरू दिएका हुँदा बालबालिकालाई व्यावहारिक बनाउँदै लाने कुरामा सहयोग…

खेलौँ रमेर (बालकविता सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “खेलौँ रमेर” जयन्ती स्पन्दनद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यो पुस्तक तीन वर्षदेखि दश वर्ष उमेर समूहका बालबालिकालाई सुहाउँदो देखिन्छ ।लयात्मक तरिकाले मनोरञ्जन दिलाउँदै बालबालिकाहरूलाई गाउँदै खेल्न र पढ्न उत्प्रेरित गरोस् भन्ने यस पुस्तकको अभिप्राय हो ।

खाँदै घुमौँ

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “खाँदै घुमौँ” डा. सुषमा आचार्यद्वारा तयार पारिएको बाल पुस्तक हो ।पूर्वी पश्चिमी सबै मुलुकमा नै स्वस्थ रहन आहार र विहारमा जोड दिइएको पाइन्छ । तसर्थ यो सानो पुस्तकमा बालबालिकाहरूलाई उपयुक्त हुने किसिमबाट हाम्रै गाउँघरतिर कुल्चिँदै हिँड्ने फलफूलबाट कति फाइदा हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ…

सुगाको अर्ती (सचित्र बालकथा)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुगाको अर्ती” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस पुस्तकमा एक सुगाले मानिस र पशुपंक्षीहरू कसरी मिलेर बस्न सक्छन् र वनजंगललाई किन जोगाउनुपर्छ भन्ने कुराको शिक्षा दिएको छ ।यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।

बन्यो है बन्यो (सचित्र बालकविता)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “बन्यो है बन्यो” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकविता हो ।यस पुस्तकमा एक सानी बालिकाले कसरी एउटा राम्रो कविता लेख्न सफल भइन् भनेर देखाइएको छ ।यो पुस्तक स-साना बालबालिकाहरूले रमाइलो मानी मानी पढ्न सक्छन् ।

मेरो नाच (बालकवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मेरो नाच” हरि खनालद्वारा तयार पारिएको बालकवितासङ्ग्रह हो ।यो कृति गीत नभएर कविता हो ।यसभित्र सात ओटा कविताहरू सानासाना भाइबहिनीका लागि हो ।बाँकी दुई कविताहरू क्रमशः ‘हिमाल’ र ‘सुन्दर संसार’ चाहिँ अलि ठूला बाबुनानीहरूका लागि उपयोगी हुनेछन् ।

जन्मदिन (बालगीतिसङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “जन्मदिन” हरि खनालद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।यस पुस्तकभित्र जम्मा नौ ओटा गीतहरू रहेका छन् ।यी गीतहरूलाई अलि ठूला भाइबैनीले अलि सानालाई गाउन र गीतसँगै नाच्न पनि सिकाउन सक्नुहुनेछ ।

चितुवालाई झ्याइँकुटी (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चितुवालाई झ्याइँकुटी” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला छ बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

नारायणीपारि (सचित्र बालकथा सङ्ग्रह)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “नारायणीपारि” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस पुस्तकमा बालबालिकाहरूका लागि निकै रमाइला पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।