भुँडीपुराण प्रकाशनको “कुरैकुराको खेती” शिव सस्मितद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो ।
शिव सस्मितको कुरैकुराको खेती कृतिले पश्चिमका ह्युमर र सटायरसित जोड्दछ । यस पुस्तकमा ह्युमर र सटायरसित सम्बन्धित व्यङ्ग्यशब्दचित्र बनाएर पुरुषोत्तम पौडेलले यो कृतिलाई अर्थ दिँदै यो समाजप्रति तीव्र व्यङ्ग्य गर्न अत्यन्त सफल भएका छन् ।
व्यङ्ग्यशब्दचित्रको उद्देश्य मनोरञ्जन मात्र होइन सत्यको उद्घाटन गर्नु पनि हो । कार्टुन चित्रकला हो, रेखाङ्कन कला हो । यही व्यङ्ग्य रेखाङ्कनचित्रलाई शब्दचित्रहरूमा प्रशोधन गर्दै कुरैकुराको खेती हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह पस्कनमा शिवले यथाशक्य प्रयत्न गरी नेपाली हास्यव्यङ्ग्य निबन्धको इतिहासमा दरिलो काँध थापेका छन् ।