Menu Close

दार्शनिक विचार (गोष्ठीपत्र)

  • भुँडीपुराण प्रकाशनको “दार्शनिक विचार” गोपीरमण उपाध्यायद्वारा तयार पारिएको पुस्तक हो ।
  • यसै पुस्तकबाटः “हाम्रो नेपाली समाजको आम दार्शनिक चेतना यी नै वैदिक एवं उपनिषद् वाङ्‌मय, पौराणिक साहित्य र धर्मशास्त्रहरूबाट निर्मित भइरहेको छ । जसको मुख्य सार आम जनतालाई पर्पुरो, परमेश्वर, परलोक, पुनर्जन्म र परम्परामा आधारित हुने खालको प्रगति विरोध चेतना फैलाउने काम गरिरहेको हुन्छ तर त्यसैभित्र पनि मानवीय महत्त्व र मूल्य बोध गराउने खालका विषयवस्तुको समर्थन गर्ने विविध प्रकारका भौतिकवादी परम्पराका चिन्तनहरू पनि छन् । तिनीहरूको अवस्था के-कस्तो छ भनेर त्यसको अध्ययन-अनुसन्धान गरी प्राचीनकालदेखि नै मानवजातिले आफ्नो जीवन पोषणका क्रममा के-कस्ता सङ्‌घर्षहरू गर्दै आयो त्यसको ऐतिहासिक भौतिकवादी विश्लेषण गर्ने कामहरू गर्नुपर्दछ ।”