Menu Close

समयका प्रतिध्वनिहरू (मुक्तकसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “समयका प्रतिध्वनिहरू” गोमविक्रमद्वारा तयार पारिएको मुक्तकसङ्ग्रह हो ।
  • साहित्यकार गोमविक्रमका मुक्तकहरूमा विषयगत विविधता र समसामयिक युगको झलक प्रस्तुत भएको पाइन्छ ।
  • स्रष्टाले समाजका समग्र पक्षहरूलाई कसरी अवलोकन गरेको छ भन्ने कुरा यिनका रचनामा प्रतिबिम्बित विषय, समस्या र तीप्रतिको लेखकीय मान्यताले स्पष्ट पारेको देख्न सकिन्छ । उनका मुक्तकहरू पढिसकेपछि पाठकले वर्तमान समयको टड्कारो यथार्थलाई अनुभूत गर्न पुग्दछ ।
  • यिनका मुक्तकमा वर्तमान समाजका विकृति र विसङ्गतिको कटाक्षपूर्ण प्रहार भएको देखिन्छ । राजनीतिक पृष्ठभूमिबाट सिर्जित समस्या, विकासका नाममा निम्ताइएका विनाशप्रतिको खबरदारी, प्रेमका विविध रुप र प्रेमीहरूका मानसिकता, ग्रामीण जीवनप्रतिको मोह, हाम्रा सांस्कृतिक मूल्यप्रतिको अनुराग जस्ता विशेषता पाउन सकिन्छ ।