भुँडीपुराण प्रकाशनको “उसैले जन्माएको छोरो” सरला शर्माद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
पुस्तकबाट साभार, “अन्ततः उसैले छोरो पाइदिई । छोरो नपाउन्जेल उसलाई ‘बाँझी’ भन्थे कन्नापछाडि । हिँड्ने बेलामा ऊ देखिई भने ‘साइत परेन’ भन्थे । यो कुराले उसलाई घोचिरहन्थ्यो । अन्ततः आफ्नो लागि भने पनि, परिवारको खातिर भने पनि अथवा समाजकै लागि नै माने पनि उसले एउटा छोरो पाएरै छाडी ।”