भुँडीपुराण प्रकाशनको “आमा ! जानुहोस्” माया ठकुरीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
यस पुस्तकमा पन्ध्रवटा कथाहरू सङ्कलित छन् । यिनले नारीमनोविज्ञान र नारीसंवेदनाको सूक्ष्म अध्ययन गर्नुका साथै मानवीय दुष्प्रवृत्तिहरूको कलात्मक उद्घाटनसमेत गरेका छन् ।
यी कथाहरूले मानसिक पीडा, चिन्ता र अन्तर्जलनले व्यथित मन एवं त्यसले शरीर र व्यक्तिका बाहिरी क्रियाकलापमा पार्ने प्रभावको मनोसामाजिक विश्लेषण गरेका छन भने नारीअस्मिता र वैयक्तिक स्वतन्त्रताको रक्षाका निम्ति नारीले गर्ने, गर्न सक्ने र गर्नुपर्ने कामका लागि सन्देश पनि दिएका छन् ।