भुँडीपुराण प्रकाशनको “संसारको सबैैभन्दा महान् चमत्कार” अग मेन्डिनोद्वारा लिखित र धीर भण्डारीद्वारा नेपालीमा रुपान्तरण गरिएको पुस्तक हो ।
नर्मन विन्सेन्ट पिलका शब्दमा, “हाम्रो समयका यी महान् प्रेरणादायक लेखकले एक यस्तो कृतिको रचना गरेका छन् जुन कृतिले हरेक मानिसको हृदय र मस्तिष्क दुवैलाई उत्कर्षतर्फ डोर्याउने छ । … मलाई विश्वास छ, मेरैजस्तो भावना उनका पुस्तक पढ्ने हरेकको मनमा हुनुपर्छ । यो नयाँ पुस्तक संसारको सबैभन्दा महान् चमत्कार हजारौं मानिसको जीवनमा चमत्कार ल्याउन समर्थ छ ।”