Menu Close

अभिभावक शिक्षा (जीवनोपयोगी पुस्तक)

  • भुँडीपुराण प्रकाशनको “अभिभावक शिक्षा” धीर भण्डारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।
  • पुस्तकबाट साभार, “हामी धेरैजसो अभिभावक, आफूले जे देख्यो, जे सिक्यो त्यहीअनुसार आफ्ना बालबालिकालाई सिकाउने र व्यवहार गर्ने गरिरहेका हुन्छौ“ । बालबालिका के चाहन्छन् ? उनीहरू कसरी सिक्छन् ? उनीहरूलाई सानोमा हामीले सिकाउने कुरा, गर्ने निर्देशन र व्यवहारले कस्तो प्रभाव पार्छ भन्नेजस्ता आधारभूत जानकारीको अभावमा हामीले गर्ने काम र निर्देशनले चाहेजस्तो परिणाम दिन सक्तैन । यही कारणले हामी आफ्नो सन्तानलाई एक प्रकारको बनाउने इच्छा राख्छौ“ तर ऊ भने अर्कै बन्छ । जे नबन्नुपर्ने हो त्यही बनेको देखिन्छ ।
    बालबालिकाको आधारभूत मनोविज्ञानको बेवास्ता गरेर गरिने हाम्रा कतिपय कार्यले उनीहरूले जे जसरी सिक्नुपर्ने हो त्यो नसिकेर अनावश्यक र अनुपयोगी कुरा सिक्न पुग्छन् । त्यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा असर पारिरहेको हुन्छ । उसको सिकाइ र मनोविज्ञान जसरी विकास हुनुपर्ने हो त्यसरी भइरहेको हुँदैन, भएको भए पनि गलत ढङ्गले भइरहेको हुन्छ । अनि, हामीलाई लाग्छ, बच्चा जस्तो हुनुपर्ने हो त्यस्तो भइरहेको छैन, अर्कै भइरहेको छ ।
    हामी जे जसरी बालबालिकालाई सिकाइरहेका छौँ, जे गरिरहेका छौ“ यसलाई समयको मागसँगै मिलाएर कसरी सुधार गर्ने ? बालबालिकाको चेतना र व्यवहारलाई कसरी समयसापेक्ष प्रविधि र विज्ञानसम्मत बनाउँदै चारित्रिक रूपले उन्नत बनाउन सकिन्छ ? त्यस बारेमा आजका अभिभावकहरूलाई यो पुस्तकले बाटो देखाउनेछ र अभ्यासका लागि सहजीकरण गर्नेछ ।”