Menu Close

विनय कसजूका लघुकथामा व्यङ्ग्य (समालोचना)

  • भुँडीपुराण प्रकाशनको “विनय कसजूका लघुकथामा व्यङ्ग्य” हरिप्रसाद भण्डारीद्वारा तयार पारिएको समालोचनात्मक कृति हो ।
  • यस पुस्तकमा भण्डारीको अन्तिम समष्टि मूल्याङ्कन यस्तो छ – ” कसजूका लघुकथामा प्रयोग भएको व्यङ्ग्य व्यवस्थित, शिष्ट, गतिशील, सशक्त र प्रभावकारी छ र व्यङ्ग्यात्मकता उनका लघुकथाको मुख्य प्रवृत्तिगत पहिचान बनेको छ ।… नेपाली लघुकथाको विकासक्रममा व्यङ्ग्यात्मक लघुकथाहरूको खोजी गर्दा विनय कसजूका लघुकथालाई मानक उदाहरणका रुपमा प्रस्तुत गर्न सकिने अवस्था सिर्जना भएको छ ।”
  • भण्डारीको यो मूल्याङ्कन वस्तुपरक छ र पर्याप्त प्रामाणिक सन्धान र विश्लेषनपश्चात् यो निष्कर्ष निकालिएको छ । नेपाली लघुकथाको अनुसन्धान परम्परामा व्यङ्ग्यप्रयोगका कोणबाट विनय कसजूका लघुकथाको चयन गरेर उनका सम्पूर्ण लघुकथाको सर्वेक्षणपश्चात् व्यङ्ग्यको सशक्त प्रयोग भएका लघुकथाको छनोट गरी व्यङ्ग्यसिद्धान्तका आधारमा तिनको विश्लेषण गर्नु प्राज्ञिक दृष्टिले जति महत्त्वपूर्ण छ, लघुकथाकार विनय कसजूको वैयक्तिक लेखनसामर्थ्य र प्रवृत्तिका सकल स्वरुपको निरुपण गर्नु पनि त्यत्तिकै महत् काम भएको छ ।
  • यसले विनय कसजूबारे जान्न चाहने र लघुकथामा व्यङ्ग्यको प्रयोगबारे प्राज्ञिक दृष्टिले जानकारी लिन चाहने दुबैथरी पाठकलाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।