भुँडीपुराण प्रकाशनको “राज्यसत्तामा कम्युनिस्टः क्रान्ति र भ्रान्ति” भरत सी ‘रणवीर’द्वारा तयार पारिएको वैचारिक पुस्तक हो ।
विप्लव ‘सी’का शब्दमा, “अध्ययन, व्यवहार र प्रयोगबाट मान्छेले जति असल ज्ञानहरू सङ्गृहीत गर्छ, ती सजीव र वैज्ञानिक हुन्छन् । ती ज्ञानलाई एउटै लहरमा सूत्रबद्ध गरेपछि एउटा तागत पैदा हुन्छ । हामीले नेपाली वर्गसङ्घर्ष, वैचारिक सङ्घर्ष र सत्ता-सङ्घर्षमा अनुभव र संश्लेषण गरेका नौला विचार यस्तै महत्त्वका छन् । भरत ‘सी’ ले हाम्रा यी विचारलाई जसरी नयाँपनसहित प्रस्तुत गर्नुभएको छ, यसले पार्टी-पङ्क्ति र श्रमिक जनतालाई राम्रो वैचारिक खुराक उपलब्ध गराउनेछ ।”