भुँडीपुराण प्रकाशनको “नेपाली युद्धसाहित्य” विष्णु भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
यस कृतिमा लेखकले नेपाली युद्धसाहित्यको सैद्धान्तिक अवधारणा निरूपण गर्ने प्रयास गरेका छन् ।
कस्तो साहित्य नेपाली युद्धसाहित्य हुन्छ भन्ने बहस नभइरहेको अवस्थामा लेखकले एउटा मान्यता निर्माण गरेका छन् । यो खोज पनि हो, बहस पनि हो । यो कुनै सनक र लहडमा नभइर तथ्य र तर्कका आधारमा निर्माण गरिएको मान्यता हो । यसलाई समर्थनै गर्नुपर्छ भन्ने छैन, विमति राख्न पनि सकिन्छ ।