Menu Close

खश साम्राज्यको इतिहास

  • भुँडीपुराण प्रकाशनको “खश साम्राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको एक ऐतिहासिक पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “अब खश साम्राज्यको इतिहास पूर्ववर्ती इतिहासकारहरुले लेख्ने गरेजस्तै सिञ्जाको इतिहास, जुम्लाको इतिहास, कर्णाली प्रदेशको इतिहास, खस-मल्ल इतिहास वा पश्चिमका मल्लहरू (Western Mallas) को इतिहासको रूपमा सीमित र सङ्कुचित छैन। खश साम्राज्य नेपालको इतिहासको सबैभन्दा ठूलो साम्राज्य थियो र यसले वीर योद्धा जातिको किर्तिमान नै कायम गरेको थियो। नेपालीहरुले यहाँ आफ्नो वाणी विकसित गरेका थिए। यहाँ उत्कृष्टखालको धार्मिक सहिष्णुता थियो। यो साम्राज्य नै नेपालीपनको निर्माता थियो। एक शक्तिशाली साम्राज्यको इतिहासका विविध पक्ष लगभग तीन शताब्दीको गौरवपूर्ण व्रितान्तका रूपमा यस पुस्तकमा चर्चित भएका छन्।”