Menu Close

घाँसखेती

  • भुँडीपुराण प्रकाशनको “घाँसखेती” राम प्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।
  • नेपाल एक कृषिप्रधान देश हो । हरियो वन नेपालको धन भनाई सबै नेपालीको हो । यहाँ जल, वनजंगल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ ।
  • नेपालको हिमाल, पहाड तराईमा फरक फरक हावापानीले भरिपूर्ण रहेको देश नेपालमा अधिकांश समुदाय कृषि पेसामा आधारित छ । हामी सबै कृषकका छोराछोरी हौँ । यस्तो अवस्थामा कृषि क्षेत्रलाई एउटा आधुनिक दिशातर्फ लैजानु जरुरी रहेको देखिन्छ, साथमा कृषकहरूलाई पनि नयाँ नयाँ किसिमका खेती प्रविधि तथा उत्कृष्ट किसिमको बालीनालीका बारेमा जानकारी गराउनु आवश्यक देखिन्छ । अर्कोतर्फ घाँसखेतीमा आधारित दुग्ध व्यवसाय र मासुमा फइदा लिनुका अलाबा घाँसखेती गर्दा वातावरण संरक्षणमा पनि सघाउ पुग्न जान्छ ।
  • उन्नत जातका दूधालु गाईभैँसीहरूलाई दैनिक कम्तिमा १०-५० किलो हरियो घाँसको आवश्यकता पर्छ अर्थात् सुक्खा पदार्थ बाहेक भने बाख्राका लागि ५-१५ केजी दैनिक सुक्खा पदार्थ बाहेक आवश्यकता पर्दछ ।
  • यसका आधारमा कृषकले हरियो घाँस उत्पादन गर्नुपर्दछ ।