Menu Close

विदुर नीति

  • भुँडीपुराण प्रकाशनको “विदुर नीति” दिपेन्द्र शाहद्वारा अनुवादित धार्मिक पुस्तक हो ।
  • दुर्योधनको जिद्दी र दुष्टतापूर्ण गतिविधिको कारण हस्तिनापुरको राजपरिवारको सुख-शान्ति छिनिसकेको थियो । मर्यादा टुटिसकेको थियो । धृतराष्ट्र चिन्ताले ग्रस्त भइसकेका थिए । न्याय नपाएको कारण पाण्डवले पनि युद्धको धम्की दिइरहेका थिए । भगवान् कृष्णले उनीहरूको साथ दिने निर्णय गरिसकेका थिए । यो सबैको कारण दुर्योधनको हठ थियो ।
  • यही भयावह स्थितिमा जब धृतराष्ट्र रातको अन्धकारमा आफ्नो एक्लोपनसित जुधिरहेका थिए, तब उनले मानसिक शान्ति पाउने उद्देश्यले परम नीतिवान् एवं धैर्यवान् विदुरलाई याद गरे । महात्मा विदुरले यस अवसरमा धृतराष्ट्रसित भनेको वचनलाई महाभारतमा ‘विदुर नीति’ को नामले जानिन्छ । महाभारतको आठ अध्यायमा विदुर नीतिको लोक कल्याणकारी प्रसङ्ग व्याप्त छ ।