Menu Close

हिटलरको यातनागृह

  • भुँडीपुराण प्रकाशनको “हिटलरको यातनागृह” अजय शंकर पाण्डेयको पुस्तकको मधुसूदन पाण्डेयद्वारा गरिएको नेपाली अनुवाद हो।
  • “मृत्यु थाहा भए पनि कहिले र कसरी भन्ने बिषय चाहिं जन्मदाता परमेश्वरले रहस्यमय बनाएका छन् तापनि हिटलरको यातना शिविरका बन्दीहरूलाई भने त्यो रहस्यमय बिषयसमेत थाहा थियो। त्यहाँका बन्दीहरूलाई कसरी मृत्युको निन्द्रामा सुताइन्थ्यो। त्यो देख्दा देख्दै उनीहरूले आफ्नो मृत्युका विषयमा समेत जानकारी पाइसकेका थिए। उनीहरुलाई यमलोकमा लैजाने यमराजहरू प्रतिदिन उनीहरुसंगै हुन्थे। यमराजलाई आफ्नै आँखा अगाडि देख्दा ती कैदीहरूको मनस्थिति कस्तो हुन्थ्यो होला? के उनीहरूलाई ती यमराजका हातबाट मर्नुभन्दा पहिले नै मृत्यु आइदिए हुन्थ्यो भन्ने लाग्दैनथ्यो होला? आठ बर्षका निरपराध एवं अबोध बालकदेखि वृद्धलाई समेत हकमा झुण्ड्याएर मार्ने यमराजका हातबाट आफुँ बचौंला भन्ने झिनो आशा पनि उनीहरूमा थियो होला त? अवश्य थिएन। यसभित्र उनी बालक, वृद्ध एवं नवयुवकहरूको मृत्युको कहानी छ। जसलाई हिटलरको यातना शिविरका नामबाट विश्वभरि सबैले जानेका छन्।”