भुँडीपुराण प्रकाशनको “कवि भानुभक्तको जीवनचरित्र” युवाकवि मोतीराम भट्टद्वारा रचिएको आदिकवि भानुभक्तको जीवन र साहित्यिक वृत्तान्त हो।
मोतीराम भट्टका शब्दमा: “हे रसिकवर्ग! कदाचित् ‘कवि भानुभक्ताचार्य’ को कविता हेरेर तपाईंहरूको इच्छा जीवनचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु। सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सुफल होला। यथाशक्य कविका निर्मित श्लोक बयान समेत राखी यो जीवनचरित्र लेखेको छु। कवि भानुभक्ताचार्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जसका कृपाले यो पुस्तक जन्म भयो।”