Menu Close

अविरल गङ्गा

  • भुँडीपुराण प्रकाशनको “अविरल गङ्गा” श्रमिक बरालद्वारा तयार पारिएको गीति संग्रह हो।
  • पुस्तकबाट साभार:
    “गीत मौखिक परम्पराबाट विकास भएको प्राचीन विधा हो। पूर्वमा इ.पू. १५०० तिरको ऋग्वेदमा प्रयुक्त पृथ्वी, उषा, सन्ध्या जस्ता छन्दमा गीतात्मकता पाइन्छ। सामवेद त संगीतको भण्डार नै हो। बौद्ध साहित्यको थेरी गाथामा समेत गीतको संकेत पाइन्छ। पश्चिमी साहित्यमा इ.पू. २६०० तिर इजिप्टमा मान्छे मर्दा गाइने शोक गीत, प्रशंसा गर्न गाइने स्तुति गीत, प्रार्थनाका लागि गाइने भक्ति गीत प्रचलनमा थिए भने लेख्य गीतको नमुना चाहिं आजभन्दा ४६०० बर्ष अघि मात्र प्राप्त भएका छन्। पूर्वपश्चिमका यी प्राचीन गीतमा कल्पना र भावनाभन्दा संगीतको प्रबलता पाइन्छ।”