Menu Close

बाइसे राज्यको इतिहास

  • भुँडीपुराण प्रकाशनको “बाइसे राज्यको इतिहास” प्रा. डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • यस पुस्तकमा यसको शिर्षकजस्तै नेपालका बाइसे राज्यहरुको इतिहास उल्लेख गरिएको छ।
  • पुस्तकबाट साभार:
    “वंशावलीअनुसार कल्याणमल्ल राजा रिपुमल्लका छोरा र उत्तराधिकारी थिए। अहिलेसम्म कल्याणमल्लको राज्यकाल (वि.सं. १५०३-१२) का पाँचवटा ताम्रपत्र पाइएका छन्। बझाङ्गका सामन्त राजा शक्तिवर्माको वि.सं. १५०३ को ताम्रपत्रमा कल्याणमल्लको छाप अंकित भएको पाइएको छ। यसबाट कल्याणमल्लका राजकालमा पनि बझाङ्गभेक डोटी राज्यकै प्रभुत्वमा रहेको प्रस्ट हुन्छ।”